प्रदेश १ का सांसदले शपथ लिए

रोल्पा । प्रदेश नं १ का सांसदले आज साेमवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सांसदले दिउँसो साढे १ बजे शपथ लिएका प्रदेश सभा सचिवालयले जनाएको छ ।

शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्य मध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनुभएकाे थियाे । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउनुभयाे । 


प्रदेश सभामा पाँच जना सांसदले मातृभाषामा शपथ लिनुभएकाे छ । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम/लिम्बू) मा शपथ लिनुभएकाे हाे । 

नवनिर्वाचित सांसदका लागि प्रदेश सभा हल एवम् सचिवालय रङ्गरोगन गरिएको थियाे । 

Previous Post Next Post