राेल्पा । सर्वोच्च अदालतले संसद् सचिवालयका महासचिवलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भयो भनेर पत्र लेखेको भन्ने प्रश्न सोधेको छ ।
सर्वोच्च अदालतका सह रजिस्ट्रार नारायणप्रसाद रेग्मीले आज संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै तत्काल जानकारी उपलब्ध गराउन भन्नुभएको छ ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि विवाद बढेको हो । सोही सम्बन्धमा आज सर्वोच्च अदालतको पूर्ण बैठकले संसद् सचिवालयका महासचिवसँग यसबारे औपचारिक जानकारी लिने निर्णय गरेको थियो । सोही आधारमा सह रजिस्ट्रार रेग्मीले महासचिव गौतमलाई पत्र लेख्दै प्रश्न गर्नुभएको हो ।
‘नव निर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नु भएको हो ?’ सर्वोच्चले संसद् सचिवालयका महासचिवलाई लेखेको पत्रमा सोधिएको छ ।


0 Comments