स्पेनलाई हराउँदै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

राेल्पा । मोरक्को पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा गोल ३–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलामिद साबेरी, हाकिम जियाज र आर्चिफ हाकिमीले गोल गरे । 

यता स्पेनका लागि पाब्लो साराबिया, कालोर्स कोलेर र सर्जियो बुस्केटले पेनाल्टी मिस गरे । यसअघि खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

एजुकेसन सिटी स्टेडियममा दुई टोलीबीचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिँदा अतिरिक्त समयमा थपिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

Post a Comment

0 Comments