बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

रोल्पा । बझाङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बझाङकाे छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाकाे ज्यान गएकाे हाे ।

उनीहरुकाे घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । झोलुङ्गे पुलकाे सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Previous Post Next Post