तनहुँमा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

काठमाण्डाै । तनहुँमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । शनिवार हिजाे भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्यान गएकाे हाे । 


धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको ज्यान गएकाे भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे । 

Previous Post Next Post