प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

 काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । 

 
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। 

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लाग्नुभएको हो ।
 
यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।

Post a Comment

0 Comments