पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँ : वामदेव गौतम

काठमाण्डाै । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गाैतमले नेपालमा रहेका १० हजारभन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजारभन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ ।’

गाैतमले नेपालको जमिन हल्लिरहेको भन्दै कुनै पनि बेला विपद्जन्य घटनाहरू हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताउनुभयो ।

Post a Comment

0 Comments