भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

 धनगढी । दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

लेकम गाउँपालिका–५ राताकाठामा स्थानीय ३२ वर्षीया नन्दादेवी बोहराको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ ।


बुधबार बिहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

न्युज कारखाना

Post a Comment

0 Comments