प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

Post a Comment

0 Comments