काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
अध्यक्षमा राजधानी दैनिकमा कार्यरत गौतमले ३१५ मत प्राप्त गरेर विजयी हुँदा उहाँका प्रतिश्पर्धी तथा नेपाल टेलिभिजनमा कार्यरत दिलिपप्रकाश कार्कीले १२९ मत ल्याउनुभयो । त्यस्तै, सचिवमा हिमालप्रेसमा कार्यरत सन्तोष अधिकारीले २८५ मत ल्याएर विजयी हुनु भयो भने प्रतिश्पर्धी नयाँपत्रिका दैनिकमा कार्यरत केशव पाण्डेले १५१ मत ल्याउनुभयो ।
कुल ७५८ मतदाता रहेकोमा ४५३ मत खसेको युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो । मत गणनामा समेत बस्नु भएका भण्डारीका अनुसार खसेका मत मध्ये ११ मत बदर भएको थियो ।
युनियनको जिल्ला खुल्ला उपाध्यक्षमा रोमन आचार्य, समावेशी उपाध्यक्षमा श्रद्धा कोइराला, सहसचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्ण बहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे ९डेविड०, राजु थापा, प्रशन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल ९आइशा०, सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र क्रेसिना ढकाल पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिनुभयो ।

0 Comments