काठमाण्डौ महानगरद्वारा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा चालु आर्थिक वर्षमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको मेयर बालेन्द्र शाहले बताउनुभयो ।


पालिकाकोे चुनावका समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा यति सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको उहाँको भनाइ छ ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै मेयर शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र  त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको बताउनु भएको छ । 

Post a Comment

0 Comments