सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाण्डाै । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएकाे छ । 

सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने भएकाे हाे । सानिमा बैंकले आउँदाे १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ । सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि पाटन अस्पतालमार्फत् आर्थिक सहयोग गर्दै आइरहेको छ । 


सानिमा बैंकले प्रत्येक "नारी बचत खाता' बापत बैंकको तर्फबाट मासिक  १ रुपैयाँका दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ । सङ्कलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो ।

बैंकमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Post a Comment

0 Comments