रोल्पामा विषालु च्याउ खाँदा एक जनाको ज्यान गयो

काठमाडौं । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जिल्लाको लुङ्ग्री गाउँपालिका- ५ बुझिङकी २६ वर्षीया बिमला बिक रहेकी छन् । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेको थियो । आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।


गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए । बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो । उनको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।

Post a Comment

0 Comments