अर्थ मन्त्रालयको सीसीटीभी फुटेज अब ३ महिना सुरक्षित राखिने

काठमाडौं ।अर्थ मन्त्रालयमा जडित सीसीटीभी क्यामेराको फुटेज अब ९० दिनसम्म सुरक्षित रहने भएको छ ।अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादित विवरण अनुसार मन्त्रालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन जडान गरिएको सीसीटीभी क्यामेराको क्षमता बढाइएको छ ।

अब यस सीसीटीभीले जडान गरेको दृश्य ९० दिनसम्म रहने छ ।यसअघि पूर्वअर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा आर्थिक वर्षको बजेट निर्माणका दौरान अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयले ठूलो विवाद निम्तिएको थियो ।

सो बेला मन्त्रालयले १५ दिनको मात्र दृश्य सुरक्षित रहने भन्दै त्यस अगाडिको दृश्य हटिसकेको बताएको थियो । सोहि कारण अहिले भने सीसीटीभी क्यामेराको क्षमता बढाइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

Post a Comment

0 Comments