गुल्मीकाे मदानेमा घर भत्किँदा ३ जना बालबालिका घाइते

गुल्मी । वर्षाका कारण घर भत्किँदा गुल्मीमा तीन जना घाइते भएका छन् । मदाने गाउँपालिका–२ भँेडीखोरमा बुधवार बिहान मुक्तबहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

घर भत्किँदा मुक्तबहादुरकी १२ वर्षीय छोरी करिष्मा, नौ वर्षीय छोरा हिक्मत घर्ती र त्यही ठाउँका १० वर्षीय अम्मर परियार घाइते भएका प्रहरीले जनाएको छ । बुधवार बिहान मुक्तबहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घर भत्किएको हो । 


डीएसपी पाण्डेका अनुसार घाइतेको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था खतरामुक्त रहेको छ । घाइते तीनै जनाको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घर भत्किएपछि घर्तीको परिवारले अहिले छिमेकीको घरमा आश्रय लिएको छ ।

Post a Comment

0 Comments