देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । हिजोसाँझ काठमाडौंलगायत आसपासका क्षेत्रमा वर्षा भएको थियो भने अहिले पनि केहि स्थानमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ ।  नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Post a Comment

0 Comments