रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

काठमाडौं। रामेछापबाट काठमाडौंका लागी छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जिल्लाको टोकरपुरबाट काठमाडौंका लागि छुटेको बस बुधबार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–३, रजमनटारबाट आज बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति–३ को भलायाखर्कमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनाका घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

 


Post a Comment

0 Comments