असाेज ३ गते ठाकुरबाबामा राेजगार मेला

बर्दिया । यही असाेज ३ गते बुधवार बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा राेजगार मेला हुने भएकाे छ ।

नगरपालिकाले आज मङ्गलवार राेजगार सञ्चालनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा याे जानकारी दिएकाे हाे । स्थानीयस्तरमा भएका दक्ष जनशक्तिलाई स्थानीयस्तरमै प्रवर्धन गर्ने उद्देश्यसहित नगरपालिकामा राेजगार मेला हुने भएकाे हाे ।

ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा बाँके युनेस्को क्लबको सहकार्यमा भएकाे कार्यक्रममा सरोकारवाला पक्षहरूबीच रोजगारी सिर्जना गर्नका लागि दक्ष जनशक्ति उत्पादन कसरी गर्ने र स्थानीयस्तरमा स्वरोजगार बनाउने विषयमा छलफल भएको थियो ।

अहिले बर्दियालगायत देशभरका दक्ष युवाहरू कक्षा १२ पास गर्नेबित्तिकै विदेश जाने अवस्था आउनुले नेपालमा रोजगारदाता र रोजगार गर्ने दुवैकाे आवश्यकता महसुस भइरहेको छ । नेपालमा आयआर्जनका थुप्रै माध्यम भए पनि उचित मूल्य नहुँदा युवाहरू वैदेशिक राेजगारीमा जाने क्रम दिनहुँ बढिरहेको छ ।

छलफल कार्यक्रममा ठाकुरबाबाभित्र रहेका दक्ष जनशक्तिहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको दक्षताअनुसारको काम दिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृषि र पर्यटनलाई आधुनिकीकरण गर्नुपर्ने, नगरपालिकाले पढ्दै कमाउँदै गर्ने रोजगार दिनुपर्ने जस्ता विषयमा सहभागीहरूले सुझाव दिएका छन् । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले रोजगार मेला उपलब्धिमूलक बनाउनका लागि नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । दीर्घकालीन रूपमा रोजगार मेला सञ्चालन गर्नका लागि सहयाेग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

असोज ३ गते अर्थात् संविधान दिवसका दिन नगरपालिका–२ को कर्भड हलमा राेजगार मेलाकाे उद्घाटन हुने नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments