दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला

दार्चुला । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खलंगाको शिवनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवम् सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनुभयो । 

जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिला बस्ने जयराज टमटाको शव फेला परेको उहाँले बताउनु भयो । घटनाको बारेमा प्रहरीलाई बेलुकी ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको बताइएको छ।

मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडासमेत भेटिएको छ । उनी महाकाली नदीमा सरसफाइ गर्न गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । उनी महाकाली नगरपालिका–४ बंगाबगर क्षेत्रमा बसोबास गर्ने गरेको समेत बुझिएको छ । घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय दार्चुलाका इन्सपेक्टर गोविन्द भण्डारीको टोली खटिएको छ । 

Post a Comment

0 Comments