काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकार असम्भव रहेको बताउनु भएको छ।नेकपा एसको मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा आज जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले कांग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताउनु भएको हो।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताउनु भयो।

उहाँले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताउनु भयो।अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताउनु भयो ।