काठमाडौं । आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।

0 Comments