साताको पहिलो कारोबार आज कस्तो रहला शेयर बजार ?

आर.एन नेटवर्क, असार ३० रोल्पा । यो साता नेप्से परिसूचक एकवर्ष यताकै उच्च विन्दुमा पुग्न सफल भयो । लामो समयदेखि २ हजारको मनोवैज्ञानिक विन्दु पार गर्न नसकिरहेको अबस्थामा साताको अन्तिम कारोबार विहीबार नेप्से परिसूचकले नयाँ स्थापित गरेको हो ।

गत वर्षको साउनदेखि बजारले नयाँ विन्दुमा पार गर्न सकिरहेको थिएन । कारोबार रकम पनि ६ महिनायताकै उच्च विन्दुमा प्रवेश गरेको छ । विशेषगरी १५ असारमा सत्ता राजनीतिमा आएको परिवर्तनले  सुस्त अबस्थामा रहेको शेयर बजारलाई नयाँ उचाईमा पुर्योएको हो ।

यो साता नेप्से परिसूचक ८४.९१ अंक अर्थात् ४.०१५० बढेर २,२०४.६१ मा बन्द भएको छ  । अघिल्लो साताको तुलनामा ३ दशमलव ३० प्रतिशत बढेर गत साता परिसूचक २,११९.७० मा बन्द भएको थियो ।  यो साता परिसूचक २,२०५।१५ सम्म उच्च र २,१२१ दशमलव ९९ सम्म पुग्यो जसले गर्दा ८३.१६ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले १२५.९६ अंकको अस्थिरता देखाएको थियो ।

बिहीबार सबैभन्दा बढी २९ दशमलव २१ अंकले बढेर रु ७.०८ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २८.९३ अर्ब रहेको छ ।  विशेषगरी पछिल्लो भएको राजनीतिक सहमति र २ ठूला दलहरु मिलेर सरकार बनाउने घोषणापछि सेयर बजारका लगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ । राजनीकि मुद्दासँगै अब आर्थिक विषयले पनि प्राथमिकता पाउनेमा आम लगानीकर्ता आशावादी बनेका छन् । 

अर्थतन्त्र सुधारका लागि नीतिगत निर्णयहरु हुन सक्ने निजी क्षेत्रको बुझाई छ । यस्तै, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । तर अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह सुस्त हुनु भनेको एक हिसाबले आर्थिक गतिविधिमा संकुचन आएको संकेत पनि हो । आइतबारबाट नयाँ सरकारको प्रारम्भ हुँदै छ । दुई राजनीतिक दलहरुले मिलेर  स्थायी सरकार दिने भनिएको छ ।

शेयर बजारको क्षेत्रमा सर्वाधिक रुचाईएका अर्थमन्त्रीमा विष्णु पौडेलको पुन आगमन हुने कुराले पनि लगानीकर्ताको मनोबल उच्च रहेको छ । अर्कातर्फ सरकारले अबको दुईसातामा नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै छ । शेयर बजारका लागि  दुईवटै मुख्य विषय बनेको  शेयर धितो कर्जा र जोखिम भार घटाउने  तयारी भइरहेको छ । यद्यपी शेयर लगानीकर्ताहरु विगतको तुलनामा निकै विश्वस्त देखिएका छन् ।

Post a Comment

0 Comments