प्रतिनिधि सभाको बैठक फेरि पनि सारियो

 काठमाडौं । प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभएको छ ।

यसैगरी, राष्ट्रियसभाको सोमबार बिहान ११ः३० बजेका लागि निर्धारण गरिएको बैठक सोही दिन अपराह्न ३ः१५ बजे बस्नेगरी समय परिवर्तन गरिएको महासचिव पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

meeting_1YBblxeOiw.jpg

 

Post a Comment

0 Comments