प्युठानमा चट्याङ लागेर पाँच घाइते

आर.एन नेटवर्क, भदौ १० रोल्पा   प्युठानमा चट्याङ लागेर पाँच जना स्थानीय घाइते भएका छन। सोमबार बेलुका करिब साढे ५ बजे तिर एक्कासि चट्याङ परेपछि स्थानीय ४ जना महिला र एक पुरुष गरि ५ जाना घाइते भएका हुन ।

जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर २ कमेरेपनी बस्ने २० बर्षिय बिपना परियार सोही ठाउँकि १४ बर्षिय सन्ध्या परियार, ३२ बर्षिय सरस्वता एमसी, ११ बर्षिय सन्जय जिसी र २१ बर्षिय गिता एमसी घाईते भएकाे झिमरुक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले जानकारी दिनुभयो ।

स्थानीय पिबना र सन्ध्यालाई बारिमा घाँस काट्ने क्रममा र अन्य तिनजनालाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाइएको उहाँले जानकारी दिनुभयो । घाइते मध्ये तीन जनाको अवस्था सामान्य रहेको र अन्य दुईकाे अवस्था गम्भीर रहेकाे वडा अध्यक्ष पाेख्रेलले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments