प्युठान-भालुवाङ सडक अवरुद्ध

 

आर.एन नेटवर्क, भदौ ५ रोल्पा   अविरल वर्षाको कारण प्युठान-भालुवाङ सडक अवरुद्ध भएको छ । हिजोदेखी परेको वर्षको कारण गनाह चकचके सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेपछी सडक अवरुद्ध भएको हो । 


त्यस्तै गर्जेनी र मोतिपुरमा सडक माथिबाट ठूलो पहिरो खसेको छ। सिमलचौर, पाकुरी र स्थानीय खहरे खोलामा लेदो बगेर सडकमा जम्मा भएपछि सडक आउजाउमा समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ । 


बिहानै देखि सडक डिभिजनले उक्त स्थानका पहिरो र लेदो हटाउन उपकरणहरु (excavator, backhoe and wheel loader ) परिचालन गरिएको जनाएको छ । पहिरो हटाएपछि सडक सुचारु हुने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ। अहिले जिल्लाका प्रायः मुख्य तथा सहायक सडक अविरल वर्षासँगै खसेकाे पहिरोको कारण सडक संजाल बिच्छेद  भएका छन् । सडक खुलाउने पर्यास भैरहेको जनाइएको छ।

Post a Comment

0 Comments