आजको राशिफल २०८१ भदौ ८, शनिबार

 

राशिफल

 भाद्र ८, २०८१ | ०५:५२

मेष(Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समय आफू अनुकूल बन्दा धेरै कुरामा सजिलो हुनेछ । प्रायः सबै कुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । मनपर्दो आहारविहारमा समय व्यतीत हुनेछ ।

वृष(Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मन फुर्केको बेलामा बोलीमा लगाम लगाउनुपर्नेछ । स–साना कुरामा पनि निकै विचार गर्नुपर्ला । सकेसम्म कम कुरामै काम सक्ने प्रयास गर्नु उचित हुनेछ ।

मिथुन(Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

विभिन्न साथीसंगीसित भेट्ने मौका जुट्नेछ । कुनै कार्यक्रममा कुनै कुराको प्रतिनिधित्व गर्नुपर्ला । सोचे अनुरुप सबै कुरा मिल्दै जानेछ ।

कर्कट(Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कतै कुनै जमघटमा उपस्थिति जनाउने मौका मिल्नेछ । मनमा भएको तनाव घट्दै जानेछ । इच्छाअनुसारका काममा समय दिन पाउँदा मन रमाउनेछ ।

सिंह(Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अनपेक्षित रुपमा व्यस्त भइएला । कुनै कुराले अलमल्याउन खोजे पनि आफैं सतर्कता अपनाइनेछ । समसामयिक कुराको ख्याल गर्दै आफूलाई प्रस्तुत गरिनेछ ।

कन्या(Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आजको समय आफैंलाई खर्चिने प्रयास हुनेछ । मनलाग्दो क्रियाकलापमा आफूलाई भुलाइनेछ । सकेसम्म सबै कुराबाट स्वतन्त्र हुन खोजिनेछ ।

तुला(Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुनै कामविशेषले कतै जानुपर्ला । आफ्नो अनुकूलता विचारी प्रस्तुत हुने प्रयास हुनेछ । आफूवरिपरिकै कामकुराले व्यस्त बनाउनेछ ।

वृश्चिक(Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

सोचेअनुसार सबै कुरा मिल्दै जानेछ । कामको बोझ घट्दै गर्दा मनमा केही राहत होला । समयसापेक्षित हुँदै सबै कामकुरा भ्याउन खोजिनेछ ।

धनु(Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कतै निम्तालु बनेर जानुपर्ला । समयावस्थाको ख्याल गर्दै उपस्थिति जनाउन खोजिनेछ । कुनै पाहुनाको आवागमन हुन सक्छ ।

मकर(Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सबै कुरा आफूले सोचेअनुरुप नहुन सक्छ । कसैको कुनै कुरा तपाईंलाई सुपाच्य नहुन सक्छ । परिस्थितिअनुसार भिज्ने प्रयास गरिनेछ ।

कुम्भ(Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

पारिवारिक वातावरणमा रम्ने प्रयास हुनेछ । समयानुसार सबै कुरा मिल्दै जानेछन् । मनले केही राहतको अनुभव गर्नेछ ।

मीन(Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नो वरिपरिको अवस्था बुझ्दै काममा संलग्न भइनेछ । पारिवारिक खुसी विचार्दै प्रस्तुत हुन खोजिनेछ । समसामयिक हुँदै सबै कुरामा आफ्नो प्रस्तुति दिन खोजिनेछ ।

Post a Comment

0 Comments