आजको राशिफल

 

आर.एन नेटवर्क, भदौ १० रोल्पा    राशिफल

updated at: भाद्र १0, २०८१ | ०७:३९

मेष(Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यक्तिगत काममा सफल भइनेछ । आफ्ना लागि समय दिन पाउँदा मन खुसी हुनेछ । कुनै कामविशेषले केही खर्च हुन सक्छ ।

वृष(Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कसैले भनेगरेको कुरामा खासै वास्ता नगरेकै उचित होला । के कुरामा कति प्राथमिकता दिनुपर्ने भन्ने कुरामा सजग रहनुपर्नेछ । किनमेलमा पनि निकै विचार गरेर निर्णय गरिनेछ ।

मिथुन(Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह

कुनै कारणले रोक्का भएको रकम हात लाग्न सक्छ । नयाँ रोजगारीको सम्भावना पनि छ । कुनै कुराले गर्दा मनमा हर्ष बढ्नेछ ।

कर्कट(Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नो योग्यता प्रदर्शन गर्ने राम्रो मौका मिल्नेछ । समाजमा तपाईंको कामकुराको चर्चा हुन सक्छ । कुनै कुरामा छलफल हुन सक्छ ।

सिंह(Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

जिम्मेवारीलाई बेलैमा पूरा गर्न खोजिनेछ । सकेसम्म आफूलाई पनि केही समय दिन खोजिनेछ । जसरी पनि मनले खुसी बन्ने प्रयत्न गर्नेछ ।

कन्या(Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आँटेको काम नसकुन्जेल मन चञ्चल हुन सक्छ । कुनै कुरामा कमी होला कि भनी मन चनाखो भइराख्नेछ । सकेसम्म आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न लागिपरिनेछ ।

तुला(Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते

कतै घुमघाम गर्न जाने प्रबन्ध मिल्न सक्छ । मनपर्दो खानपानमा मन आकर्षित रहनेछ । मनलाई खुसी बनाउने कुराहरूमा बढी जोड दिइनेछ ।

वृश्चिक(Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम गर्ने उत्साह र जाँगरले गर्दा सबै कुरामा सहजता हुनेछ । समसामयिक कुराको ख्याल गर्दै प्राथमिकतामा जोड दिइनेछ । आफ्ना इच्छित कुरामा पनि समय दिइनेछ ।

धनु(Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कुनै कुराले मनमा खल्लो लाग्न सक्छ । कतै निस्किन लाग्दा कुनै काम आइलाग्न सक्छ । परिस्थितिको ख्याल गर्दै सबै कुरालाई मिलाउन खोजिनेछ ।

मकर(Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनमा दोधारपना उत्पन्न हुन सक्छ । निश्चित समयावधिमै केही कुरा सक्नैपर्ने हुँदा व्यस्त भइनेछ । मनमा लागेको कुरालाई पूर्णता दिन पनि प्रयासरत भइनेछ ।

कुम्भ(Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यक्तिगत कामका लागि कतै निस्किनुपर्ला । कुनै कुराले मनमा उत्साह बढ्नेछ । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ ।

मीन(Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाईंको विचारको सम्मान गरिनेछ । कतैबाट कुनै खास कामका निम्ति तपाईंलाई सम्झिइनेछ । आर्थिक क्रियाकलापका काम गर्दा भने सजग रहनुपर्नेछ ।

Post a Comment

0 Comments