तपासी भूमि युवा समूहको नवौं वार्षिकोत्सव हुने


मालश्री खबर । 
राेल्पाकाे लुङग्री गाउँपालिका २ सिर्पमा रहेकाे तपासी भूमि युवा समूहले तिज विशेष तथा नवौं वार्षिकोत्सव विविध सास्कृतिक र खेलकुद कार्यक्रम गरी मनाउने भएको छ ।

‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ वार्षित्कोत्सव मनाउन लागेकाे हो ।

कुसंस्कार र अन्धविस्वासलाई हटाऔं, समाज सुधार र समृद्धिको लागि सामाजिक कार्य शिक्षा स्वास्थ्य खेलकुद द्धन्द्ध पीडित विपन्न वर्गमा आर्थिक लगानी गरौं जस्ता समूहको नारा पनि रहेको छ ।

कार्यक्रममा वडा स्तरीय पुरुष भलिबल, खुल्ला महिला भलिबल, तिज विशेष खुल्ला लोक दोहोरी, एकल नृत्य, सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजकले बताएको छ ।


यस्तै महिला बेलुन फुटाई, पुरुष कुर्सी दौड, महिला कुर्सी दौड, महिला रस्साकस्सी, घैटाफोर लगायत भाले पकड प्रतियोगिता पनि सञ्चालन गरिने समूहका सचिव लेते मगरले जानकारी दिनुभएको छ । वार्षिकोत्सव भाद्र १९ देखि २४ गतेससम्म बालविकास प्रा. वि को प्राङ्गणमा सञ्चालन गरिनेछ ।

वार्षिकोत्सवको अवसरमा विभिन्न संघ संस्था, युवा क्लव, युवा समूह, राजनीतिक दल, शिक्षाप्रेमि, साहित्यकार, बुद्धिजिवी, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, खेलाडी, खेलप्रेमी, शिक्षक, विद्यार्थी, झाँकी नाच समूह र आमा समूह लगायतलाई उपस्थित हुन समूहले अनुरोध गरेको छ ।

Post a Comment

0 Comments