२४ घण्टामा ३ हजार ७५ जनामा काेराेना पुष्टि, काठमाण्डाैमा मात्रै १५ सय ३८ सङ्क्रमित थपिए

राजेश नेपाली नेटवर्क, २८ पौष  । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको २३ दशमलव ५८ प्रतिशत हो । पीसीआर परीक्षणको सङ्क्रमण दर भने २७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिनुभयो ।





यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७८ जना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालययले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ३८ जना रहेका छन् । अहिले नेपालमा ११ हजार ६ सय ९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

Post a Comment

0 Comments