मनकामना मन्दिरमा माघ ६ गतेदेखि भक्तजनको प्रवेशमा रोक

 राजेश नेपाली नेटवर्क, माघ ४ । गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।



कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदाे बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तजनको प्रवेशमा रोक लगाउने निर्णय भएको गुरुङले जानकारी दिनुभयो । 

बलीपूजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक कार्यक्रम गर्नका लागि मन्दिरमा नआउन पनि क्षेत्र विकास समितिले भक्तजनलाई आग्रह गरेको छ । मनकामना केबलकार बन्द गर्नेबारे स्थानीय प्रशासन वा केबलकार व्यवस्थापनले भने कुनै निर्णय गरेको छैन ।

Post a Comment

0 Comments