अहिले रोल्पासहित धेरै ठाउँमा बर्षा, भोलिदेखि मौसममा सुधार

आर.एन नेटवर्क, चैत ०९ रोल्पा  । अहिले रोल्पासहित  धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दैलेखमा सबैभन्दा धेरै १५ मिलिमिटर वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकाका उत्तरी भू–भागहरु सुन्दरीजल, साँखु लगायतका ठाउँमा अहिले हल्का वर्षा भएको मौसमविद् अर्यालले बताउनुभयो । आज राति देशभर समान्य बदली भइ केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।


भोलि कोशी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको र भोलिदेखि मौसममा सुधार आउने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।  

Previous Post Next Post