आजको मौसमः छिटफुट वर्षदेखी हिमपातसम्मको सम्भावना

आर.एन नेटवर्क, चैत ११ रोल्पा  । नेपालमा यतिबेला पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।

कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Previous Post Next Post