रोल्पा अस्पताल रेउघामा हुने भनिएको शिविर स्थगित

राजेश नेपाली नेटवर्क, माघ ७  रोल्पा अस्पताल रेउघामा हुने भनिएको शिविर अस्थगित भएको छ । यहि माघ १३ गते देखि १५ गते सम्म हाडजोर्नि तथा नशा रोग सम्वन्धि अपरेशन शिवर र माघ १८ गते देखि २१ गते सम्म स्त्री रोग विशेषज्ञ शिविर शञ्चालन हुने भएको थियो ।





शुक्रबार स्वास्थ्य कार्यालय रोल्पाले उक्त शिविर स्थगित भएको सुचना मार्फत जानकारी गराएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण दर तिब्र गतिमा बढि रहेको र यस विषम परिस्थितिमा शिविर सञ्चालन गर्न नसकिने भएकाले हाललाई स्थगित गरिएको स्वास्थ्य कार्यालय रोल्पाका निमित्त प्रमुख नोखराज पोख्रलले जानकारी दिनु भयो । 


Post a Comment

0 Comments