Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति रोल्पा(क)कोे बैठक सम्पन्न

राजेश नेपाली नेटवर्क, फागुन १४। नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति रोल्पा (क) को पहिलो बैठक सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालिका वडा नं।४ सुलिचौर को पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको हो । आजको बैठक बाट कार्यसमितिको मासिक बैठक हरेक महिनाको पहिलो शनिवार बस्ने गरी क्षेत्रीय कार्यसमितिका कोषाध्यक्षमा सुरेन्द्र थापा लाई मनोनयन गरिएको छ । भने क्षेत्रीय कार्यसमितिको सूचना प्रबाह गर्न क्षेत्रीय कार्यसमितिका सचिव पारसमणि गिरि लाई जिम्मेवारी दिइएको नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति रोल्पा (क) ले जानकारी दिएको छ । 



आजको बैठकमा नेपाली काँग्रेसका नेता तथा पुर्व सहायक मन्त्री रेग बहादुर सुवेदीको माघ १८ गते भएको दुखद निधन प्रति घरपरिवार जनमा गहिरो समवेदना समेत व्यक्त गरिएको छ । साथै बैठकमा बिना जानकारी ३ पटकसम्म उपस्थित नहुने सदस्यहरुलाई स्पष्टिकरण सहित बैठक मा सहभागी गराउने निर्णय समेत गरिएको छ ।