राजेश नेपाली नेटवर्क, फागुन १४। देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।
Social Plugin