राजेश नेपाली नेटवर्क, फागुन २७ । जनता समाजवादी पार्टी (जसपा)मा तीन तहकै निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मत बलियो देखिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा नेताहरूले नेतृत्वलाई सुझाव दिने क्रममा यस्तो मत बलियो देखिएको हो ।
बिहीबारदेखि केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अधिकांश नेताहरुले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा गठबन्धन गर्न आग्रह गरेका हुन् । बैठक आज पनि जारी छ ।
कांगेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन नबनेको नभइ मुलुकलाई एउटा प्रणालीमा बसाल्न गठबन्धन बनेको जसपा नेताहरुको तर्क छ । प्रतिगमनकारी शक्तिले फेरि टाउको उठाउने प्रयास गरेकाले सत्ता गठबन्धन केन्द्रबाटै बनाएर जानुपर्ने नेतृत्वलाई नेताहरुको सुझाव छ ।
0 Comments