राजेश नेपाली नेटवर्क, चैत्र १२ । रोल्पामा आज १९ औं एशियाली खेलकुद प्रतियोगिताको प्रारम्भिक लुम्बिनी प्रदेश स्तरीय छनोट कराते प्रतियोगिताको रोल्पाको टुडिखेलमा उद्घाटन भएको छ । मोलङ घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराको रहेको थियो । भने कार्यक्रमको बिशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन, नगर प्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी घर्ती, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा माओबादी केन्द्रका सुरेन्द्र घर्ती, विभिन्न खेलकुद क्षेत्रका अगुवाहरु,लुम्बिनी प्रदेसका कोचहरु, १२ वटा जिल्लाका खेलाडीहरुको उपस्थितिमा रोल्पाको टुडिखेलमा खेलको उद्घाटन भएको हो ।
कार्यक्रमको यमुना बुढाले स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रकाश घर्तीले गर्नुभएको थियो । कार्यक्रम रोल्पा नगरपालिकाको सहयोग तथा रोल्पा कराते संघ र रोल्पा नगरपालिका डोजोको आयोजनामा भएको आयोजकले जानकारी दिएको छ ।

0 Comments