२४ घण्टामा २३ जनामा काेराेना पुष्टि

राजेश नेपाली नेटवर्क, चैत्र १३। पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप दुई सय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार पाँच सय ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।



पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैकाे ज्यान गएकाे विवरण प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यस्तै २४ घण्टामा २४ हजार ६ सय ९१ जनाले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् । 

Post a Comment

0 Comments