तुलसीपुरबाट ३७० मिलिग्राम खैरो हिरोईनसहित तीन जना पक्राउ

राजेश नेपाली नेटवर्क, चैत्र १८ । तुलसीपुर प्रहरीले ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रुकुमेली ठाडाढुंगा नामक होटलबाट ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षिय अनिष डाँगी, तुलसीपुर उपमहानगरपालिका ५ निवासी १९ वर्षिय किरण बुढाथोकी र सोही वडा निवासी १८ वर्षिय सन्तोष बस्नेत रहेका छन् । तुलसीपुर ५ बसपार्कमा रहेको रुकुमेली ठाडाढुंगा होटलमा कोठा भाडामा लिई बसीरहेकाले लागूऔषध (खैरो हिरोईन) विक्रि वितरण गरि रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटि गएको प्रहरी टोलीले होटलको ७ नं. कोठाबाट ३७० मिलिग्राम खैरो हिराईनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद चार हजार, तीन थान मोबाईल सेट पनि बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Post a Comment

0 Comments