वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी

राजेश नेपाली, जेष्ठ २२ रोल्पा। सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।


अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण समेत गर्नुभएको छ । उहाँले उक्त कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
 
अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गर्नुभएको छ । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

Post a Comment

0 Comments