एमालेले जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने

राजेश नेपाली नेटवर्क, २ आषाढ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण दिँदैछ । आज र भोलि पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्कुल विभागले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा उद्घाटन गर्ने तयारी छ ।

स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो ।

अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिलाई प्रशिक्षण दिनेछन् । 

Post a Comment

0 Comments