जिसस रोल्पामा माओबादीको क्लिनस्वीप

राजेश नेपाली नेटवर्क,३० जेष्ठ ।  जिल्ला समन्वय समिति रोलपाको प्रमुख पदमा सिता आचार्य निर्वाचित हुनु भएको छ । स्थानीय तहअन्तर्गत रोल्पा जिल्ला समन्वय समितिको प्रमुख पदमा अन्य पार्टी बाट उम्मेद्धार नपरेपछि नेकपा माओबादी केन्द्रका सिता आचार्य निर्विरोध निर्वाचित हुनु भएको हो । उपप्रमुखमा भने नेकपा माओबादी केन्द्रकै कर्मलाल परियार विजयी हुनु भएको छ । सहायक निर्वाचन अधिकृत प्रभाकर कुमार मल्लीकका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा इन्द्र बहादुर रोका, केवल घर्ती, महिला सदस्यमा मिना सुनार, सदस्यमा जित कुमारी बिक, निलम सुनार, शेर बहादुर पुन र सर्मिला पुन मगर रहनु भएको छ । उप प्रमुख पद बाहेक सम्पुर्ण निर्विरोध निर्वाचित हुनु भएको हो ।



उप–प्रमुख पदमा भने नेपाली कांग्रेसका टेक बहादुर बस्नेत लाई पराजित गर्दै कर्मलाल परियार बिजय हुनु भएको मुख्य निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत प्रभाकर कुमार मल्लीकले जानकारी दिनु भयो । बस्नेतले५   मत ल्यानु भएको छ, भने परियार १३ मत लिएर विजयी हुनु भएको छ । १ मत बदर र १ जना मतदाता अनुपस्थिती भएको  मल्लीकले बताउनु भयो । त्यस्तै त्रिवेणि गाउँपालिकाका अध्यक्ष कर्ण बाठा अनुपस्थीत हुनु भएको थियो । हालै भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले १० स्थानीयतह मध्य ७ वटा जितेको थियो भने नेपाली काङ्ग्रेसले २ र नेकपा एमालेले १ पालिका जितेका थिए ।

मालश्री अनलाइन




Post a Comment

0 Comments