राजेश नेपाली नेटवर्क,५ आषाढ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा झडप भएको छ । आइतबार(आज) दिउँसो काठमाडौंको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा सुरु भएको बैठकमा दुई समूहबीच हात हालाहाल भएको हो ।
अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठक बोलाइएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिथिको रूपमा बोलाइएको थियो ।
बैठकमा विवाद हुने संकेत पाएपछि प्रचण्ड सहभागी हुन नगएको बताइएको छ ।अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति गठनदेखि नै विवाद हुँदै आएको छ ।

0 Comments