रविले पाए दल दर्ताको प्रमाणपत्र, पार्टीको नामका विरुद्धमा परेका उजुरी खारेज

राजेश नेपाली नेटवर्क,१८ आषाढ  । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात् सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।


‘हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ’,पार्टी सभापति लामिछानेले भने ।

नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूलाई आयोगले मान्यता दिएको सो पार्टीले जनाएको छ ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

Post a Comment

0 Comments