राजेश नेपाली नेटवर्क,१८ आषाढ । काठमाडौ गौशाला चोकमा एउटै नम्बरका दुई वटा मोटरसाइकल सँगै भेटिएका छन् ।
गौशालाको ट्राफिक जाममा भेटिएका एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकलको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अहिले मोटरसाइकलका सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । उनी अहिले सिंहदरबारको बग्गी खानामा छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसपी सञ्जीवदास शर्माका अनुसार सक्कली धनी प्रहरीको सम्पर्कमा आएका छन् । अर्का मोटरसाइकल सवारी चालकलाई प्रहरीले खोजी रहेको छ ।
प्रहरीका अनुसार सीसीटीभीबाट ट्रेसिङ गरिसकिएको छ । मोटरसाइकल छिट्टै नियन्त्रणमा लिने प्रवक्ता शर्माले बताउनुभयो ।
पानी परिरहेको समयमा आज बिहान गौशालाको जाममा बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका २ वटा मोटरसाइकल देखा परेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
त्यसपछि उपत्यका ट्राफिक प्रहरी र प्रहरीले मोटरसाइकलबारे सत्य तथ्य खोजिरहेका छन् ।

0 Comments