राजेश नेपाली नेटवर्क,२३ आषाढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभएको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उहाँले अर्थमन्त्रीले आफूले केही नगरेको बताएको र त्यसपछि राजीनामा दिएकाले नैतिकता र त्यागको सन्देश गएको बताउनुभयो ।
संसदमा कुरा उठेपछि पूर्वअर्थमन्त्री शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । यो एउटा राजनीतिक संस्कारको विकास गर्ने प्रक्रियाको कडी हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो।
तर, प्रतिपक्षले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने भन्दै उहाँले कार्यकर्तालाई यसलाई नयाँ तरिकाबाट लैजानुपर्ने बताउनुभयो ।

0 Comments