लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो

रोल्पा । च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो ।

यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ  ।

समूह ‘बी’ मा क्लब ब्रुजले पोर्टोसँग ४–० गोलले पराजित भयो । यो समूहबाट १० अंक रहेको क्लब ब्रुज र ९ अंक रहेको पोर्टो अन्तिम १६ मा पुगेका छन् ।


लेभरकुसनसँग २/२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरीएको छ । समूह ‘डी’ मा  टोटेनहम र स्पोर्टिङले एक/एक गोलको बराबरी खेलेका छन् ।

Previous Post Next Post