रोल्पा । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाउनु भएन ।
भातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो । बर्खन्त नसकेसम्म व्यक्तिगत शुभकार्य नगर्ने भन्दै प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनुभएन ।