राेल्पा । नेपाली बजारमा मंगलवार(आज) सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
हिजो तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।