ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने

कार्तिक ४, रोल्पा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नागरिकसँग टेलिफोनमा कुरा गर्ने तयारी गर्नुभएको छ ।

ओलीसँग कुराकानीको लागि एकलाख ७१ हजारभन्दा धेरैले नाम टिपाएको एमालेले जनाएको छ ।

ओलीले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सम्पर्क नम्बर पठाउन अनुरोध गर्नुभएको थियो । प्राप्त नम्बरका आधारमा उहाँले आज कुराकानी गर्ने तयारी छ ।

Previous Post Next Post